रेखा थापाले बनाउने नयाँ फिल्ममा सौगात र दयाहाङ हिरो बन्ने पक्का

काठमाडौं, माघ ८
नायिका तथा निर्मात्री रेखा थापाले बनाउने नयाँ फिल्ममा सौगात मल्ल र दयाहाङ राई हिरो बन्ने भएका छन् । रेखाले आफ्नो छैटौं फिल्ममा दुईजना हिरो मल्ल र राईसँग काम गर्ने गरी डिल फाइनल गरेकी हुन् ।

रेखाको नयाँ फिल्मको आगामी वैशाखबाट सुटिङ थालिने पनि उनले बताएकी छन् । फिल्मलाई एक्सन फिल्मका रूपमा बनाइनेछ । रेखाले यसअघि निर्देशक रेनेशा वान्तवा राईसँग मिलेर फिल्म बनाउने घोषणा गरेकोा भए पनि रेखाले समझदारीमै आफ्न ब्यानरमा फिल्म बनाउने फाइनल गरेकी हुन् ।

तर, रेखाले फिल्मका लागि हिरोहरूको टुंगो लगाए पनि फिल्मको नाम भने सार्वजनिक गरेकी छैनन् । फिल्मको नाम र बिस्तृत जानकारी चाँडै ल्याउने उनले बताएकी छन् । पछिल्लो फिल्म ‘मालिका’ हो ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १७:३६
Loading...