जाडोमा यसरी बचौं रुघाखोकीबाट

सबैलाई थाहा छ– अरुबेला भन्दा जाडो याममा रुघाखोकीले बढी नै दुःख दिने गर्छ । सामान्यतः संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्कने किटाणु हावासँग मिसिएर सबैतिर फैलिन्छ । यसलाई मौसमी रुघाखोकी भनिए पनि यसले मानिसको रोगप्रतिरोधात्मक क्षमता भने नष्ट गरिरहेको हुन्छ ।

अझ बालबालिका, गर्भवती महिला र वृद्धवृद्धामा त यसको संक्रमण झनै छिटो फैलिन्छ । रुघाखोकीलाई समयमै नियन्त्रण गर्न सकिएन भने अन्य समस्या बढेर जान्छन् । यतिसम्म कि, बेवास्ता गरे इन्फ्लुएन्जाका कारण जटिल रोगसमेत निम्ति सक्छन् । रुघाखोबीबाट बच्ने उपाय यस्ता छन् :

हावाको प्रदूषणका कारण ब्याक्टेरिया, भाइरस आदि फैलने भएकाले बाहिर भिडभाडमा हिँड्दा अनिवार्य लगाउने बानी बसालौं ।

दैनिक जीवनमा प्रशस्त मात्रामा फलफूल र झोलिलो खानेकुरा खाँदा धेरै राम्रो हुन्छ ।

हामीले खाना खानुअघि नभुली साबुनपानीले राम्ररी हात धुने गर्दा पनि धेरै जोखिम कम हुन्छ ।

जोडोबाट बच्ने बहानामा धेरैजना एकै ठाउँमा बस्दा पनि यस्ता संक्रमण फैलिन खतरा हुन्छ ।

सकिन्छ भने चुरोट पिउने बानी त्याग्दा पनि यसको जोखिम कम हुन्छ । धुवाँ–धुलोबाट सधैं जोगिनुपर्छ ।

दैनिक जीवनमा शारीरिक व्यायाम गर्दा पनि फाइदा हुन्छ ।

हरियो सागपात र फलफूल सकेसम्म धेरै खानुपर्छ । चिसो तथा चिसो हावाबाट सक्दा झन् राम्रो ।

दैनिक जीवनमा सरसफाइमा बढीभन्दा बढी ध्यान दिनुपर्छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १७:२३
Loading...