बर्खास्त हुनुअघि भाल्भर्डेले ‘हुनेवाला’ प्रशिक्षक सेटिनलाई यसो भनेका रहेछन्

एजेन्सी, माघ ८
गत साता स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्नुअघि उनले हुनेवाला नयाँ प्रशिक्षक क्विके सेटिनसँग भेट गरेको खुलेको छ । बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’मा प्रकाशित समाचारअनुसार बर्खास्त हुने दिन दिउँसो भाल्भर्डे र सेटिनले भेट गरेका थिए ।

त्यसै दिन बिहान बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भाल्भर्डेसँग प्रशिक्षण क्याम्प भेट गरी उनलाई अब प्रमुख प्रशिक्षकमा निरन्तरता दिन नसकिने कुरा जानकारी गराइसकेका थिए । त्यसपछि भाल्भर्डे र सेटिनले भेट गरेका थिए ।

खबरअनुसार बार्सिलोनाले औपचारिक रूपमा भाल्भर्डेलाई बर्खास्त गरेर सेटिनलाई नियुक्त गरेको घोषणा गर्नुअघि दुई प्रशिक्षकबीच मैत्रीपूर्ण भेट भएको थियो । सोक्रममा भाल्भर्डेले सेटिनलाई अग्रिम बधाई तथा शुभकामना दिँदै ‘कुनै दिन आफ्नो आवश्यकता परे तुरुन्तै बोलाउन’ भनेको खबर पत्रिकाले छापेको छ ।

भाल्भर्डेले सेटिनलाई आफ्ना केही योजना र रणनीतिसमेत सेटिनसँग सेयर गरेको खबरमा उल्लेख छ । दुई प्रशिक्षकबीच करिब आधा घन्टासम्म छलफल भएको थियो छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १२:५५
Loading...