भिडिओमार्फत् ओली र मोदीले ‘आइसिपी’को उद्घाटन गर्दै

काठमाडौं, माघ ६
नेपाल सरकार र भारतीय सकारको संयुक्त लगानीमा विराटनगरमा बनेको एकीकृत जाँच केन्द्र (आइसिपी) भोलि (मंगलबार) सञ्चालनमा आउने भएको छ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भिडिओ सम्मेलनमार्फत् भवन उद्घाटन गर्ने तयारी छ ।

सरकारको वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दिएको जानकारीअनुसार दुवै प्रमले भिडियोमार्फत् आइसिपी सञ्चालनमा आएको घोषणा गर्नेछन् । यसरी आइसिपी उद्घाटन भएपछि निर्माण कार्यको जिम्मा लिएको भारत पक्षले सोही दिन आइसिपी नेपाल पक्षलाई सुम्पिनेछ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १६:१८
Loading...