युनाइटेड तथा अर्जेन्टिनाका गोलकिपर रोमेरो चढेको कार दुर्घटनाग्रस्त

एजेन्सी, माघ ६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरो चढेका कार दुर्घटनामा परेको छ । उनी चढेको कार आज सोमबार क्लबको प्रशिक्षण क्याम्प नजिकै दुर्घटनामा परेको खबर छ ।

हाल ३२ वर्ष पुगेका रोमेरोको कारको पछाडिको भाग क्षतिग्रस्त भए पनि उनलाई भने कुनै चोटपटक नलागेको बताइएको छ । रोमेरो ठीकठाक रहेको क्लबले पनि जनाएको छ । रोमेर प्रशिक्षण क्याम्पतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १६:०४
Loading...