पाँच दिनमै महेश बाबुको फिल्मले कमायो १०० करोड

एजेन्सी, माघ ६
साउथ फिल्मका सुपरस्टार महेश बाबुको नयाँ फिल्म ‘सरिलरु नीकेवरु’ले १०० करोड भारुको कमाइ पार गरेको छ । जनवरी ११ बाट प्रदर्शनमा आएको सो फिल्मले १०० करोड भारुको व्यापार पार गरेपछि नायक महेश बाबुले सामाजिक सन्जालमार्फत् खुसी व्यक्त गरेका छन् । उनले २६औं पटक आफ्नो फिल्मले यति ठूलो व्यापार गरेको पनि जनाएका छन् ।

महेश बाबुको यस एक्सन–कमेडी फिल्ममा रश्मिका, संगीता तथा प्रकाश राजले मुख्य भूमिकामा काम गरेका छन् । दर्शकले फिल्ममा महेश बाबुको कमेडी र एक्सन दुवै पक्षलाई रुचाएका छन् ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १६:०२
Loading...