तपाईंलाई थाहा नभएका बेसारका यस्ता फाइदा

आयुर्वेद चिकित्साले हामीले दैनिक भान्सामा प्रयोग गर्ने बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा लिन्छ । त्यसो त चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोत नै मान्ने गर्छ ।

विज्ञहरुका अनुसार बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्त्व प्रचुर पाइन्छ । हामी दैनिक जीवनमा बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गर्छौं । तर, यसलाई दूधमा हालेर मिलाएर खाँदा रुघाखोकी चट्टै हुन्छ । त्यस्तै, महसँग मिसाएर खाँदा टन्सिल पनि ठीक हुन्छ ।

त्यसैगरी, एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोग ठीक पार्न पनि बेसार राम्रो मानिन्छ । मुख र घाँटीमा घाउ आए बेसारपानीले कुल्ला गर्दा पनि सुधार हुने बताइन्छ ।

त्यसैगरी, पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या भएका मानिसले बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाँदा पनि ठीक हुन्छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १६:००
Loading...