युरोपियन गोल्डेन बुट दौड रोमाञ्चक बन्दै : यस्तो छ ताजा अवस्था

काठमाडौं, माघ ५
जारी सिजन युरोपियन टप–५ लिगको गोल्डेन बुट दौडमा निकै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । अधिकांश लिगमा आधा खेल सकिएर दोस्रो भागका खेल सुरु हुँदै गर्दा इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइल गोल्डेन बुटका लागि नम्बर वान दाबेदार देखिएका छन् ।

गत राति लिगको १९औं खेलमा साम्पडोरियाविरुद्ध ह्याट्रिक गरेपछि सिरोको कूल गोल संख्या २३ पुगेको छ, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । यसअघि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीले गोल्डेन बुटमा लिड गर्दै आए पनि सिरोले उनलाई पछि पारेका हुन् । यता, लेवान्डोस्ककी भने अहिले बुन्डेसलिगामै पनि पछि परिसेकका छन् । उनले टिमो वार्नरले उछिनेका छन् ।

जारी सिजन ठूला नाममा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ता भए पनि उनी गोल्डेन बुटमा धेरै पछि छाडिएका छन् । उनको नाममा कूल १३ गोल मात्रै छ । उनको भन्दा बढी गोल इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको १४ गोल छ । मेस्सी टप–५ लिगमा सबैभन्दा पुछारमा छन् । यस्तो छ युरोपियन टप–५ लिगमा सर्वाधिक गोलकर्ताको ताजा अवस्था :

सिरो इम्मोबाइल (सिरी ए) – २३ गोल

टिमो वार्नर (बुन्डेसलिगा) – २० गोल

जिमी भर्डी (प्रिमियर लिग) – १७ गोल

विसम बेन इडर (लिग वान) – १४ गोल

लिओनल मेस्सी (ला लिगा) – १३ गोल

प्रकाशित मिति ५ माघ २०७६, आईतवार १५:५०
Loading...