यी हुन् अनारका फाइदा

  •  नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।
  •  अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि अनार लाभदायक छ ।
  •  अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ ।
  •  यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ ।
  •  पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ ।
  •  अनारमा भिटामिन, मिनरल, फोलिक एसिड तथा पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु फाइदाजनक हुन्छ । यसका साथै अनारले महिलामा स्तन क्यान्सरको जोखिमसमेत कम गर्छ ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०१:५८
Loading...