यस्तो आयो ‘लक्का जवान’को नाचौं नाचौं लाग्ने गीत (भिडियो)

चैत्र २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छ । बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई देख्न सकिन्छ । यस्तै, नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार १७:२०
Loading...