बार्सिलोनाकी स्टार भन्छिन्– ‘मेस्सी मेरा लागि संसारकै हिरो’

एजेन्सी, पुस २९
स्पेनिस बार्सिलोनाको महिला फुटबल टोलीकी स्टार फरवार्ड लिके मार्टेन्सले लिओनल मेस्सीको तारिफ गरेकी छन् । महिला फुटबलमा युरोपको सर्वश्रेष्ठ खेलाडीको अवार्ड समेत जितिसकेकी उनले मेस्सी आफ्ना लागि बार्सिलोना मात्रै नभएर संसारकै हिरो रहेको बताएकी छन् ।

स्पेनिस सञ्चारमाध्यमसँग कुरा गर्दै मार्टेन्सले मेस्सी आफ्ना लागि सधैंको हिरो रहेको बताइन् । ‘लियो मेरा लागि हिरो हुन् । र, पहिलो रोजाइका खेलाडी,’ मार्टेन्सले भनेकी छन्, ‘उनी मेरा लागि सर्वोत्कृष्ट छन्, बार्सिलोना मात्रै नभएर संसारमै ।’

मार्टेन्सले मेस्सीजस्तो खेलाडी एक युगमा एकपटक मात्रै आउने बताइन् । ‘हामी यस्तो खेलाडीको विषयमा कुरा गरिरहेका छौं, जो एक युगमा एकपटक मात्रै आउँछन्,’ मार्टेन्सले भनिन्, ‘संयोगले हामी एकै क्लबको जर्सी लगाउँछु ।’

प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ०४:००
Loading...