no-image

काठमाडौं, फागुन ५
चेकजाचमा खटिएका प्रहरीलाई घुस दिने २ जना टिपर चालकलाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी वृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँचक्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक पक्राउ परेको हो ।

पक्राउ पर्नेमा २३ वर्षीय ओमबहादुर कार्की र २४ वर्षीय लक्ष्य पन्त रहेका छन् । गत राति राति करिब १ बजे चेकजाँचक्रममा काजपत्र नभेटिपछि मिलाइदिन भन्दै चालकहरूले दुईटा टिपरको ५०० रुपैयाँ घुस दिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १७:१८
Loading...