‘दुःखको काँडा’ मा हेर्नुस् पल र पूजाको प्रेमिल शैली (भिडिओसहित)

‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक भएको छ। देवल भण्डारीले लेखेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।

सनिश श्रेष्ठले गाएको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीतमा सिनेमाका प्रमुख पात्र पल शाह र पूजा शर्मालाई प्रेमिल शैलीमा पेस गरिएको छ।

फागुन २३ गते रिलिज हुने सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। ‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति २८ पुष २०७६, सोमबार १६:५२
Loading...