रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

काठमाडौं, पुस २८
स्पेनिस रियल मड्रिडले जारी सिजनको सुपर कप फुटबलको उपाधि जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको उपाधि भिडन्तमा रियलले एथ्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै सिजनको पहिलो उपाधि पोल्टामा पारेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेट गरी १२० मिनेटमा पनि दुवै टोलीबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार २२:००
Loading...