यस्ता छन् घाममा नबस्दाका हानीहरू : जान्नैपर्ने कुरा

हरेक जीवित वस्तुको जीवनमा घामको किरणले निक्कै महत्त्व हुन्छ । घाममा भिटामिन ‘डी’ हुने हुँदा यसले मानव शरीरमा उर्जाको स्तर बढाउने गर्छ । बिहान ८ देखि १० बजेसम्मको घामको किरणमा प्रशस्त मात्रामा भिटामिन ‘डी’ हुने हुँदा बिहानको घाममा बस्नुपर्छ ।

जाडोमा घाम निकै ढिलो लाग्ने हुँदा खाली समयमा जतिसम्म घाम रहन्छ त्यति समयसम्म बस्न सकिन्छ । मानिसको शरीर घामको सम्पर्कमा आउँदा न्यानो पन पाउनुका साथै शरीरमा जम्मा भएको नचाहिने बोसो र खराव कोलेस्ट्रोल भिटामिन ‘डी’ मा परिणत हुन्छ र तौलसमेत घट्ने गर्छ । शरीरको कुनै भाग घामको स्पर्शमा आउँदा उक्त भागमा भएको ब्याक्टेरिया नाश हुने हुँदा शरीरमा ब्याक्टेरियाले गर्ने कुनै प्रकारको संक्रमण पनि हुन पाउँदैन ।

शरीरको छाला घामको सम्पर्कमा आउँदा भित्रसम्म पुगेर रगतलाई राम्रोसँग सफा गर्ने काम गर्छ । घामको किरणको माध्यमले शरीरको रक्तचाप नियन्त्रण गर्न सकिन्छ । बिहानको घामको किरणमा एकछिन मात्र बसेमा पनि रक्तचाप कम गर्नमा एकदमै ठूलो भूमिका खेल्ने पाइएको छ । घामको अभावमा शरीरको हड्डीहरू मजबुत हुन पाउँदैन । बिहान केहीबेर मात्र घाममा बसेमा शरीरको प्रतिरोधक क्षमता बढेर विभिन्न प्रकारको रोगसंग लड्ने क्षमता उत्पन्न हुन्छ ।

नियमित घाममा बस्ने गरेमा शरीरमा भएको श्वेत रक्त कोषिकाको संख्यामा वृद्धि गराएर छालाको संक्रमणबाट बच्न मद्दत गर्छ । बच्चाको जन्म भएको केही महिनासम्म बच्चालाई घाम तपाउने गरिन्छ । बच्चाको शरीरमा भएको किटाणु नाश हुन्छ भन्ने मान्यताका साथ नवजात शिशुलाई घाम तपाउने चलन रहेको छ । यसरी बच्चालाई घाममा राख्दा बच्चाको हड्डी मजबुत हुनगइ स्वास्थ्मा सुधार साथै बच्चाको उचाइ बढ्ने संभावना पनि हुन्छ ।

प्रकाशित मिति २७ पुष २०७६, आईतवार १७:१०
Loading...