हिन्दू राष्ट्र र संघीयताबारे जनमतसंग्रह गर्न राप्रपाले सरकारलाई दियो अल्टिमेटम !

कामाठाडैं, फागुन ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई हिन्दू राष्ट्र र संघीयताबारे जनमतसंग्रह गर्न अल्टिमेट दिएको छ । आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष कमल थापाले जनमतसंग्रह गर्न माग गरेका हुन् ।

सो अवसरमा राप्रपाले सरकारसमक्ष २२ बुँदे माग प्रस्तुत गरेको छ । जसमा धर्मनिरपेक्षता खारेज गर्न, संघीयताबारे जनताको प्रत्यक्ष जनमत बुझ्न जनमतसंग्रह गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र घोषणा गर्न माग गरिएको छ ।

फागुन ७ गते प्रजातन्त्र दिवस अवसर पारेर राप्रपा काठमाडौंसहित देशका सबै जिल्लामा जुलुससहित आफ्ना मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री, मुख्यमन्त्री र सिडियोलाई बुझाउने तयारी गरेको अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १६:५५
Loading...