यस्तो बन्यो जुम्ल्याहा दिदी–बहिनीको धमाकेदार नयाँ गीत (भिडियोसहित)

‘लभ डायरिज’ले टिकटकमा लोकप्रिय रहेका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई फिचर गराएको ‘छम छम’ बोलको गीत सार्वजनिक गरेको छ । फागुन दुई गते रिलिज हुने सिनेमाको यस गीतमा जुम्ल्याहा दिदीबहिनीसँगै सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन्।

दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। प्रविण सिंह यस गीतका कोरियोग्राफर हुन्। सौरभ चौधरीले निर्देशन  गरेको लभस्टोरी सिनेमामा सुशील,संगै  रुबिना र विश्वजितले मुख्य भूमिकामा छन्। सिनेमामा विनोद सापकोटाको लगानी, दिर्घ खड्का र मिलन श्रेष्ठको सम्पादन र संजय लामालेसिनेमालाई खिचेका  छन्।

हेरौं भिडियो :

 

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १३:३५
Loading...