हलहरूमा फिल्म ‘बुलबुल’ को इन्ट्री, तान्ला त दर्शक ?

काठमाडौं, फागुन ५
निकै चर्चा गरिएको फिल्म ‘बुलबुल’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत फिल्म यसै साताबाट हलहरूमा लागेको हो ।

फिल्म प्रदर्शनमा आउनुभन्दाअघि निर्माण पक्षले फिल्मको प्रचारका लागि निकै नयाँ शैली अपनाएको थियो । उसले फ्ल्यासमोव शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर नयाँपन देखाएको थियो ।

त्यसपछि पनि सार्वजनिक दुई ट्रिजरमा चलचित्रका धेरै दृश्य नदेखाई एउटै दृश्यबाट चलचित्रका दुई मुख्य पात्रलाई दर्शकसामु देखाइएको थियो ।

यसै फिल्मबाट अभिनेता मुकुन भुषालले डेब्यु गरेका छन् । उनी चलचित्रमा चोपेन्द्र नामको पात्र बनेर देखिएका छन् । फिल्मकी मुख्य पात्र स्वस्तिमा खड्कालाई फिल्ममा रनकला पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

यस फिल्मको चलचित्रको निर्देशन विनोद पौडेलले गरेका हुन् । फिल्ममा एक टेम्पो चालक महिलाको जीवन र संघर्षलाई उठाइएको छ ।

प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार ०४:११
Loading...