no-image

आइतबार ,पुस २० –

इटालियन क्लब युभेनटसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा सर्वाधिक फलोवर्स भएका पहिलो व्यक्ति बनेका छन् । ३४ वर्षीय रोनाल्डो सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा गरी ४०० मिलियनभन्दा माथी  फलोवर्स भएका पहिलो व्यक्ति हुन् ।

विश्व खेल जगतमा उनको जत्तिको फलोवर्स अरु कसैको छैनन् । ४०० मिलियनभन्दा बढी फलोवर्स बनाएका व्यक्तिमध्येमा उनी पहिलो व्यक्ति हुन् ।  सन् २०१९ मा इन्स्टाग्रामको पोस्टबाट मात्र ४७.८ मिलियन अमेरिकी डलर आर्जन गरेका छन्, जुन युभेन्टसले उनलाई दिने तलबभन्दा धेरै हो ।

इन्टाग्राममा उनका १ सय ९६ मिलियन फलोवर्स छन् भने ट्वीटरमा ८१.८ मिलियन व्यक्तिले उनलाई पछ्याएका छन् ।फेसबुक पेजमा १२ करोड २१ लाख व्यक्तीले लाइक/फ्लोवर गरेका छन।

प्रकाशित मिति २० पुष २०७६, आईतवार ०६:०९
Loading...