सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? एकपटक यो पढौं

आधुनिक जीवशैलीमा मोबाइल फोन जीवनको अभिन्न अंग बनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनमा मानिसले धेरै समय मोबाइलमा बिताइरहेका हुन्छन् । जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजननदेखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर विज्ञहरूको निचोड छ ।

एक अनुसन्धानले फोनलाई राति सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ । चीनको इन्स्टिच्युट अफ् एनबीसी डिफेन्स एन्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरूले स्मार्ट फोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताहरूको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने १०० भन्दा बढी विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १४:३९
Loading...