होसियार ! हात मिलाउँदा जान सक्छ ज्यान !

सामान्यतः हामी साथीभाइ भेट्दा अभिवादनस्वरूप हात मिलाउँछौं । हात मिलाउनु शिष्टाचारको महत्त्वपूर्ण हिस्सा हो । यो महिलाभन्दा पुरुष वर्गमा अझै बढी हुन्छ । मानिसले दैनिक थुप्रैसँग हात मिलाइरहेका हुन्छन् ।

तर, भेट हुँदा हात मिलाउनु नै स्वास्थ्यका लागि घातक हुन सक्छ भन्ने सुन्दा ाँहि तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । एक शोधले हात मिलाउँदा एकअर्कामा हातका माध्यमबाट रोगका किटाणु सर्ने र फैलिउने उच्च जोखिम रहेको देखाएको छ ।

कुनै संक्रमण फैलिन हात मिलाउने काम जिम्मेवार हुनसक्ने सो शोधले निचोड निकालेको छ । ‘डेली मेल’मा प्रकाशित शोधमा सार्वजनिक स्थलमा सिगरेट पिउनु र हात मिलाउनु स्वस्थ्यका लागि उत्तिकै खतरनाक हुने उल्लेख छ ।

‘युसीएलए’द्वारा गरिएको त्यो शोधमा शोधकर्ताले हात मिलाउँदा कैयौं प्रकारका संक्रमण फैलिने खतरा उच्च रहेको भन्दै हात मिलाउनु भन्दा हात हल्लाएर अभिवादन गर्न सुझाव दिएका छन् ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित अर्को शोधमा पनि हात मिलाउनु हाइजेनिक नरहेको उल्लेख गरिएको छ । यस कुरालाई विश्वका प्रख्यात वैज्ञानिक तथा चिकित्सकहरूले पटक–पटक बहसको विषय बनाउँदै आएका छन् ।

प्रकाशित मिति १९ पुष २०७६, शनिबार १४:३७
Loading...