इयरफोन प्रयोग गर्ने बानी छ ? एकपटक यो पढ्नुहोस् !

बढ्दो प्रविधिको प्रयोगसँगै अचेल मानिसले कानमा इयरफोन प्रयोग गर्नेक्रम बढेको छ । मानिसले स्मार्टफोनलगायत ग्याजेट प्रयोग गर्नेक्रम बढेसँगै कानमा इयरफोन प्रयोग गर्नेक्रम पनि बढेको हो ।

तर, यसको प्रयोग गर्नु निकै घातक मानिन्छ । यसले मानिसको श्रवणशक्ति नाश गर्ने मात्रै नभएर ज्यानैसमेत लिन सक्छ ।

– विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्छ ।

– यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउँछ । जसले बहिरोपनाको जोखिम निम्त्याउँछ ।

– आरामदायक ध्वनि जस्तो कि ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यत्ति धेरै हानी गर्दैन । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमतासमेत कमजोर हुने जोखिम पनि उत्तिकै हुन्छ ।

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार १२:१९
Loading...