बार्सिलोनाका फ्यानहरूको माग– ‘नेइमारको पछि लाग्न छाड, एमबाप्पे भित्र्याऊ’

एजेन्सी, पुस १५
स्पेनिस बार्सिलोनाका समर्थकहरूले क्लबको भविषयलाई ध्यान दिँदै युवा खेलाडी भित्र्याउन क्लबलाई सुझाव दिएका छन् । उनीहरूले टोलीका प्रमुख खेलाडी लिओनल मेस्सीको उत्तराधिकारीका रूपमा फ्रेन्च स्टार केलियन एमबाप्पेलाई भित्र्याउन सुझाव दिएका हुन् ।

बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले गरेको अनलाइन सर्वेक्षणमा बार्सिलोनाका बहुसंख्यक फ्यानहरूले टोलीमा युवा गोलकर्ता खेलाडी आवश्यक रहेको औंल्याउँदै पिएसजीका गोल मेसिन खेलाडी अनुबन्ध गर्न माग गरेका छन् ।

सो सर्वेक्षणमा ४ जना खेलाडी विकल्प दिएर कुन खेलाडीलाई बार्सिलोनामा देख्न चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो । जसमा सर्वाधिक फ्यानले युवा र गोल गर्न सिपालु भएकाले एमबाप्पेलाई पहिलो रोजाइमा राखेका छन् । कूल मतमध्ये ४८.६६ प्रशित फ्यानले एमबाप्पेलाई रोजेका छन् ।

दोस्रो स्थानमा इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजलाई १५.६६ मत दिएर फ्यानहरूले रोजेका छन् । त्यसपछि तेस्रो स्थानमा इंग्लिस क्लब टोटनह्यामका ह्यारी केनलाई ८.३३ प्रतिशतले फ्यानले मत दिएका छन् ।

यता, चौथो विकल्पमा रहेका पूर्वखेलाडी नेइमार फर्काउने पक्षमा भने ज्यादै कम मात्रै फ्यान देखिएका छन् । सन् २०१७ मा बार्सिलोना छाडेका नेइमारलाई मात्रै ७.३३ प्रतिशत फ्यानले भित्र्याउन सुझाव दिएका छन् ।

 

प्रकाशित मिति १५ पुष २०७६, मंगलवार १३:१४
Loading...