गोल्डेन बुट दौड : लेवान्डोस्की नम्बर १ मा, मेस्सी कहाँ ?

काठमाडौं, पुस ११
सिजन २०१९–२० को युरोपियन गोल्डेन बुट दौडमा रोमाञ्चक प्रतिपस्र्धा देखिएको छ । सिजनका आधा खेल सकिँदा हाल जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की गोल्डेन बुट दौडमा सबैभन्दा अगाडि छन् ।

बुन्डेसलिगामा १७ खेल सकिँदा लेवान्डोस्की कूल १९ गोल गरेर युरोपियन टप–५ लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनलाई इटालियन क्लब लाजियोका सिरो इम्बोइल र इंग्लिस क्लब लेस्टर सिटीका जिमी भर्डीले समान १७–१७ गोलसहित पछ्याइरहेका छन् ।

हेरौं सर्वाधिक गोलकर्ताको सूची :

  1. रोवर्ट लेवान्डोस्की– बुन्डेसलिगा – १९ गोल
  2. जिमी भर्डी– प्रिमियर लिग – १७ गोल
  3. सिरो इम्बोइल – सिरी ए – १७ गोल
  4. लिओनल मेस्सी – ला लिगा – १३ गोल
  5. विसम बेन इडर – लिग वान – १३ गोल

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०३:४९
Loading...