युभेन्टसको ७० प्रतिशत गोलमा रोनाल्डो सहभागी !

एजेन्सी, फागुन ३
चर्चित पत्रिका ‘गाजेटा डेल्लो स्पोर्ट’मा प्रकाशित रिपोर्टअनुसार इटालियन क्लब युभेन्टसका ३४ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डो यो सिजन युभेन्टसले गरेका कूल गोलमध्ये ७० प्रतिशत गोलमा सहभागी भएका छन् । पत्रिकाले रोनाल्डोको प्रदर्शनको हिसाब गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

सो पत्रिकाका अनुसार युभेन्टसले जारी सिजन गरेका गोलमध्ये ७० प्रतिशतमा रोनाल्डो सहभागी छन् । जारी सिजन युभेन्टसले सबैखाले प्रतियोगितामा गरी ५३ गोल गरेको छ । त्यसमध्ये ३७ गोलमा रोनाल्डो सहभागी छन् ।

जसमा रानाल्डोले ३७ गोलमा गोल, असिस्ट तथा अवसर सिर्जना गरेका छन् । रोनाल्डो हालसम्म घरेलु लिगमा १८ गोल गरेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।

प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १८:३९
Loading...