दाङमा दुई बस ठाेक्किँदा ४२ यात्रु घाइते, जनाको अवस्था गम्भीर

दाङ, फागुन ३
दाङ–सुर्खेत सडकखण्डको श्रीगाउँ खैरेनी सडकमा दुईटा बस आपसमा ठोक्किँद बसमा सवार ४२ जना यात्रु घाइते भएका छन् । ना ८ ख १०१७ र रा १ ख १७७० नम्बरको बस दाङको दंगीशरण गाउँपालिका–७, श्रीगाउँमा आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरीका अनुसार तुलसीपुरदेखि हंशपुर जाँदै गरेको र खैरेनीदेखि उरहरी जाँदै गरेका बस दंगीशरण गाउँपालिका–७ मा आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

तीव्र गति र राजमार्ग साघुँरो हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ । इप्रका तुलसीपुरका इन्स्पेक्टर भीम कार्कीका अनुसार दुर्घटनामा परी ४२ जना घाइते छन् । त्यसमध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचार गर्न काठमाडौं पठाइएको छ । बाँकी सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ ।

प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १७:५५
Loading...