मेस्सीले आज घरेलु रंगशालामा छैटौं बालोन डि‘ओर प्रदर्शन गर्दै

काठमाडौं, मंसिर मंसिर २१
स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले हालै जितेको छैटौं बालोन डि‘ओर घरेलु रंगशालामा आफ्ना समर्थकसामु प्रदर्शन गर्ने भएका छन् । आज शनिबार ला लिगामा मालोर्साविरुद्धको खेलअघि मेस्सीले घरेलु दर्शकमाझ छैटौं बालोन डि‘ओर प्रस्तुत गर्ने भएका हुन् ।

बार्सिलोनाले अफिसियल रूपमा जानकारी दिँदै शनिबार मालोर्साविरुद्धको खेलअघि मेस्सीले छैटौंसहित सबै अवार्ड प्रस्तुत गर्ने पुष्टि गरेको छ । बार्सिलोनाले अफिसियल ट्वीटरमा भनेको छ– ‘शनिबार मालोर्साविरुद्धको खेलअघि क्याम्प नोउमा एक जादुयी रात हुनेछ, जहाँ मेस्सी आफ्नो कीर्तिमानी छैटौं बालोन डि‘ओरसहित प्रस्तुत हुनेछन् ।

मेस्सीले डिसेम्बर २ मा फ्रान्सको पेरिसमा इंग्लिस क्लब लिभरपुलका भर्जिन भान डाइकलाई पछि पार्दै छैटौं बालोन डि‘ओर जितेका थिए । ६ बालोन डि‘ओर जित्ने मेस्सी एक मात्रै खेलाडी हुन् ।

प्रकाशित मिति २१ मंसिर २०७६, शनिबार ०५:३३
Loading...