कोपा अमेरिका ड्र : अर्जेन्टिना कठिन समूहमा, समूह चरणमै उरुग्वे र चिलीसँग भिडन्त !

काठमाडौं, मंसिर १८
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका–२०२० को ड्र सार्वजनिक भएको छ । नेपाली समयअनुसार बुधबार बिहान ड्र सार्वजनिक भएको हो ।

प्रतियोगितामा कूल १२ देशले खेल्नेछन् । जसमा १० देश अमेरिकी महादेशका टोली छन् भने दुई देशलाई आगन्तुक टोलीका रूपमा सहभागी गराइनेछ ।

सार्वजनिक ड्र अनुसार समूह ‘ए’मा बलिया टोलीहरू परेका छन् । जसमा लिओनल मेस्सीको टिम अर्जेन्टिना, लुइस स्वारेजको टिम उरुग्वे र अर्टुरो भिडाल टिम चिली एकै समूहमा परेका छन् । यस समूहलाई प्रतियोगिताको ‘ग्रुप अफ् डेथ’का रूपमा हेरिएको छ ।

त्यस्तै, समूह ‘बी’मा साबिक विजेता ब्राजिलसँगै कोलम्बिया परेको छ । पाहुना टोली कतार र उपविजेता पेरु पनि सोही समूहमा परेका छन् ।

यसपटक पाहुना टोलीका रूपमा अस्ट्रेलिया र मध्यपूर्वी देश कतारलाई भित्र्याइँदैछ । कतारलाई सन् २०२२ को विश्वकप आयोजक देशका हैसियतमा प्रतियोगितामा स्थान दिइँदैछ ।

यसपटक प्रतियोगिता अर्जेन्टिना र कोलम्बिया गरी दुई देशले आयोजना गर्दैछन् । प्रतियोगिता सन् २०२० को जुन १२ बाट सुरु भएर जुलाई १२ मा सकिनेछ ।

यसपटक हुन लागेको प्रतियोगिता ४७औं संस्करण हो । यसअघि ४६औं संस्करण यसै वर्षको जुलाईमा ब्राजिलमा सम्पन्न भएको थियो । जसमा ब्राजिलले पेरूलाई हराएर उपाधि जितेको थियो ।

यस्तो छ पूरा ड्र  :

 

प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०४:३१
Loading...