बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई उसकै घरमा हरायो : मेस्सी बने हिरो !

काठमाडौं, मंसिर १६
खेलको अन्तिम समयमा कप्तान लिओनल मेस्सीले दर्शनीय गोल गरेपछि बार्सिलोनाले ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडलाई ०–१ ले हराएको छ । आफ्नो चीर प्रतिस्पर्धी टिमलाई उसकै घरेलु मैदानमा हराउन फेरि एकपटक कप्तान मेस्सीको एक मात्रै जादुयी गोल निर्णायक बन्यो ।

नेपाली समयअनुसार सोमबार बिहान एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा मेस्सीले खेलको ८६औं मिनेटमा शानदार गोल गरेका थिए, जुन महत्त्वपूर्ण ३ अंक जित्न निर्णायक बन्यो । उनले लुइस स्वारेजको पासमा गोल गरेका थिए ।

अब यो जितसँगै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै पुनः लिगको शीर्ष स्थानमा चढेको छ । बार्सिलानाले १४ खेलबाट ३० अंक जोडेका छ । रियलको खातामा पनि समान ३० अंक नै छ । तर, गोलअन्तरमा बार्सिलोना टपमा छ । पराजित एथ्लेटिको २५ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार २२:२७
Loading...