मेस्सीले बालोन डि‘ओर जित्ने पक्का : यस्तो छ ताजा ‘पावर र्‍याङकिङ’

एजेन्सी, मंसिर १५
ताजा सर्वेक्षणको पावर र्‍याङकिङ अनुसार वर्ष २०१९ को बालोन डि‘ओरमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले प्रमुख दाबेदारी कायमै राखेका छन् । सुरुआतका सर्वेक्षणहरूमा इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक मेस्सीभन्दा अगाडि रहँदै आए पनि पछिल्ला नतिजाहरूमा मेस्सीले पकड जमाएका छन् ।

यो पावर र्‍याङकिङ अफिसियल होइन । तर, यसले बालोन डि‘ओरको सम्भावित नतिजालाई संकेत भने गर्छ । यस्तो सर्वेक्षण फुटबलका समर्थक र फुटबल विशेषज्ञहरूको साझा मतबाट तयार गरिन्छ ।

‘स्काई बेट’ ले पछिल्लो २४ घन्टामा तयार पारेको ताजा सर्वेक्षणमा मेस्सी भान डाइकभन्दा अगाडि छन् । यता, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने निरन्तर तेस्रो स्थानमा मात्रै छन् ।

यस्तो छ नतिजा :

लिओनल मेस्सी – १/१२

भर्जिल भान डाइक – ६/१

क्रिस्टियानो रोनाल्डो – २०/१

प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ०४:२८
Loading...