प्रधानमन्त्री ओलीले यसरी दिए ‘भ्यालेनटाइन’को शुभकामना !

काठमाडौं, फागुन २
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेम दिवस (भ्यालेनटाइन डे) का अवसरमा शुभकामना दिएका छन् । उनले ‘नयाँ पिँढीका भाइबहिनीहरूलाई ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै प्रेम दिवसको शुभकामना दिएका हुन् ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रम ओलीले सरकार समृद्धिको बाटोमा रहेको बताए । त्यसक्रममा उनले सरकारले गरेका काम र प्रगतिको चर्चासमेत गरे । आफू नेतृत्वको सरकारको प्रगति र कामको फेहरिस्त सुनाउँदै ओलीले अन्तिममा प्रेम दिवसको शुभकामना दिन भुलेनन् ।

आफ्नो सम्बोधनको अन्त्यमा ओलीले मुस्कुराउँदै भने, ‘सबैलाई धेरै धेरै धन्यवाद, नयाँ पिँढीका भाइबहिनीहरूलाई ह्याप्पी भ्यालेन्टाइन्स डे । धन्यवाद !’

प्रकाशित मिति २ फाल्गुन २०७५, बिहीबार १२:३५
Loading...