रोनाल्डोलाई पछि पार्दै च्याम्पियन्स लिगमा मेस्सीले बनाए नयाँ कीर्तिमान

काठमाडौं, मंसिर १२
बार्सिलोनाका लागि खेलेको ७००औं खेलमा कप्तान लिओनल मेस्सीले नयाँ रेकर्ड बनाएका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध गोल गर्दै उनले यस प्रतियोगितामा सर्वाधिक बढी भिन्न–भिन्न क्लबविरुद्ध गोल गर्ने रेकर्ड बनाएका हुन् ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेस्सीले खेलको ३३औं मिनेटमा गोल गरेका थिए । यो गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा विभिन्न ३४ क्लबविरुद्ध गोल गरेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

मेस्सीपछि रियल मड्रिडका पूर्व तथा हाल इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोले ३३ क्लबविरुद्ध गोल गरेका छन् । तेस्रोमा रियल मड्रिडका पूर्वखेलाडीले राउल छन् । उनले पनि ३३ नै क्लबविरुद्ध गोल गरेका छन् ।

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार ०२:५०
Loading...