नेइमार मैदान फर्किएको खेलमा पिएसजीको सहज जित

काठमाडौं, मंसिर ७
चोटग्रस्त फरवार्ड नेइमार लामो समयपछि फिट भएर मैदान फर्किएको खेलमा फ्रेन्च क्लब पिएसजीले सहज जित निकालेको छ । गत राति भएको खेलमा पिएसजीले लिलेमाथि २–० को सहज जित निकाल्यो ।

आफ्नो घरमा पिएसजीलाई जिताउन माउरो इकार्डी र एन्जल डि मारियाले १–१ गोल गरे । २ वटै गोल पहिलो हाफमा भएका थिए । पिएसजीले लेखेलको १७औं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ३१औं मिनेटमा पिएसजीका लागि डि मारियाले गोल गरे । सो गोलमा पनि ड्राक्सलरले नै पास गरेका थिए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि खेल पिएसजीले २–० ले जित्यो ।

टोलीका प्रमुख खेलाडी नेइमार यसै खेलबाट पुनः टोलीमा फर्किएका छन् । उनी गत अक्टोबर ५ देखि चोटका कारण टोलीबाहिर रहँदै आएका थिए । उनले गत रातिको खेलमा ६४औं मिनेटसम्म खेलेका थिए । उनको स्थानमा केलियन एमबाप्पे मैदान छिरेका थिए ।

अब यो जितसँगै पिएसजीले १४ खेलबाट ३३ अंक जोडेको छ । उसले शीर्ष स्थानलाई थप बलियो बनेको छ । दोस्रो स्थानको मार्सेल्ली पराजितलिले १९ अंकसहित सातौं स्थानमा बसेको छ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार ०२:५३
Loading...