बालोन डि‘ओर–२०१९ : भोटिङ अवधि बन्द, कसले जित्ला अवार्ड ?

एजेन्सी, कात्तिक २७
वर्ष २०१९ का लागि दिइने विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओर घोषणाका लागि भोटिङ अवधि पूरा भएको छ । अवार्ड वितरक ‘फ्रान्स फुटबल’को पूर्वघोषित कार्यतालिकाअनुसार नोभेम्बर ११ (गत राति १२ बजे) को मध्यरातिबाट भोटिङ अवधि बन्द भएको हो ।

‘फ्रान्स फुटबल’ले तीन साताको अवधि भोटिङका लागि तोकेकोमा गत रातिबाट समय सकिएको हो । भोटिङ फर्म्याट अनुसार कूल १८० भोट खसेको छ ।

यसवर्ष अवार्ड घोषणा डिसेम्बर २ ताखिमा फ्रान्समा हुँदैछ । सभास्थल र समय भने आयोजकले तोकिसकेको छैन । यस वर्ष अवार्डका लागि इंग्लिस क्लब लिभरपुल तथा डच डिफेन्डर भर्जिल भान डाइकलाई प्रमुख दाबेदार मानिएको छ ।

त्यसपछि स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि दौडमा छन् । रोनाल्डो र मेस्सीले यसअघि सो अवार्ड समान ५–५ पटक जितिसकेका छन् ।

प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार ०४:१९
Loading...