३४ वर्षका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा इतिहास रच्नबाट केही कदम टाढा !

एजेन्सी, कात्तिक १८
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा नयाँ रेकर्डसामु छन् । हालसम्म देशका लागि ९५ गोल गरिसकेका उनी अब अन्तर्राष्ट्रिय मञ्चमा सर्वाधिक गोलको रेकर्डबाट मात्रै १४ गोलले टाढा छन् । ३४ वर्षका रोनाल्डो यो समयका सक्रिय खेलाडीहरूमध्ये सर्वाधिक धेरै देशका लागि गोल गर्ने खेलाडी हुन् ।

रोनाल्डोअघि इरानका लिजेन्ड खेलाडी अली डेईले अन्तर्राष्ट्रिय मञ्चमा सर्वाधिक बढी १०९ गोल गरेका छन् । अली विश्व फुटबलको इतिहासमै सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनलाई रोनाल्डोले निकै नजिकबाट पछ्याइरहेका छन् । रोनाल्डो अब अलीको रेकर्डबाट मात्रै १४ गोलले टाढा छन् ।

अलीले सन् १९९३ देखि २००६ को बीचमा देशका लागि कूल १४९ खेल खेल्दै १०९ गोल गरेका थिए । जसमा उनले ७३ गोल औपचारिक प्रतियोगितामा गरेका छन् भने बाँकी गोल भने मैत्रीपूर्ण खेलमा गरेका थिए ।

प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार ११:१८
Loading...