विश्वकप फुटबलमा आज अर्जेन्टिना र स्पेनको निर्णायक खेल हुँदै

काठमाडौं, कात्तिक १७
ब्राजिलमा जारी यु–१७ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज समूह चरणअन्तर्गत अन्तिम २ खेल हुँदैछन् । आज हुने २ खेलमा केही अर्जेन्टिना र स्पेनको खेल हेर्नलायक हुनेछन् ।

आज हुने पहिलो खेलमा अर्जेन्टिना र ताजिकिस्तानको खेल हुनेछ । खेल राति १ः४५ बजेबाट हुनेछ । अर्को चरण जान आज यी दुवैका लागि यो खेल निर्णायक हुनेछ । समूह ‘ई’अन्तर्गत हाल स्पेन २ खेलपछि ४ अंक बनाएर शीर्ष सथनमा छ भने अर्जेन्टिना समान ४ अंकसहित दोस्रो स्थानमा छ । ३ अंक भएको ताजिकिस्तान तेस्रो स्थानमा छ ।

अर्को चरण जान अर्जेन्टिनालाई आज ताजिकिस्तानमाथि जित वा कम्तीमा पनि बराबरीको नतिजा आवश्यक छ । यदि आज अर्जेन्टिना बराबरीमा रोकिए र अर्को खेलमा स्पेनले जिते पनि अर्जेन्टिना उपविजेता बनेर अर्को चरण जानेछ । तर, अर्जेन्टिना पराजित भए ताजिकिस्तान अर्को चरण जानेछ ।

आजै हुने अर्को खेलमा सोही समूहबाट क्यामरुन र स्पेन खेल्दैछन् । समूहको शीर्ष टोली स्पेनले आज क्यामरुनमाथि स्पष्ट जित निकाल्न सके समूह विजेता बनेर अर्को चरण जानेछ । स्पेन पराजित भयो र अर्जेन्टिनाले आफ्नो खेल जिते पनि स्पेन उपविजेता बनेर अर्को चरण जानेछ । यो खेल पनि राति १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १७ कार्तिक २०७६, आईतवार ०५:३४
Loading...