बालोन डि‘ओर भान डाइक र मेस्सीले हैन, रोनाल्डोले जित्दैछन् !

एजेन्सी, कात्तिक १४
वर्ष २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर अवार्डका लागि इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई प्रमुख दाबेदार मानिएको छ । यसअघि अर्जेन्टिनी मेस्सीले नेदरल्यान्ड्सका भान डाइक र पोर्चुगिज रोनाल्डोलाई पछि पार्दै फिफा बेस्ट अवार्ड जितिसकेका छन् ।

तर, यसपटक बालोन डि‘ओर युभेन्टसका रोनाल्डोले जित्ने चर्चा सुरु भएको छ । इटालियन मिडियाले यो खुलासा गरेका छन् कि, यसपटक बालोन डि‘ओर रोनाल्डोले जित्दैछन् । पछिल्ला २४ घन्टाका मिडिया रिपोर्टअनुसार रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी मेस्सी र भान डाइकलाई पछि पारेर कीर्तिमानी छैटौंपटक बालोन डि‘ओर जित्दैछन् ।

हालै मात्र बालोन डि‘ओर अवार्ड वितरक फ्रे्रन्च म्यागजिन ‘फ्रान्स फुटबल’ ले रोनाल्डोसँग विशेष अन्तर्वार्ता गरेर फ्रन्ट पेजमै छापेपछि एकाएक रोनाल्डोलाई बालोन डि‘ओरका लागि प्रमुख दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ ।

इटालियन मिडियाले प्रमुखतासाथ रोनाल्डोले बालोन डि‘ओर जित्ने दाबीसहित खबर छापेका छन् । बालोन डि‘ओर घोषणा हुने दिन आउनै लाग्दा ‘फ्रान्स फुटबल’को कार्यकारी टिम इटाली पुगेर रोनाल्डोसँग भेट गरी विशेष अन्तर्वार्ता छाप्नुलाई निकै अर्थपूर्ण मानिएको छ ।

विश्वका प्रतिष्ठित खेल मिडियाले पनि रोनाल्डोले अवार्ड जित्ने सम्भावना बढेर गएको खबर छापिरेहका छन् । खबरहरूपमा रोनाल्डोले गत वर्ष नयाँ क्लबमा गएर दुई प्रमुख उपाधि जित्नु र अन्तर्राष्ट्रिय उपाधिसमेत जितेकाले उनलाई बालोन डि‘ओरका लागि प्रमुख दाबेदार मानिएको छ ।

प्रकाशित मिति १४ कार्तिक २०७६, बिहीबार ०४:३९
Loading...