‘मेस्सीले बालोन डि‘ओर र फिफा अवार्ड सातपटक जित्छन्’

एजेन्सी, कात्तिक १
स्पेनिस बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर सातपटक जित्न सक्ने बताएका छन् । अघिल्लो दिन स्पेनिस मिडियासँग कुरा गर्दै उनले यो बताएका छन् कि, मेस्सीले सर्वाधिक बढी सातपटक सो अवार्ड जित्न सक्छन् ।

‘मलाई लाग्छ, मेस्सीले सातपटकसम्म बालोन डि‘ओर र फिफा अवार्ड जित्न सक्छन् । उनी अझै पनि आफ्नो लयमा छन् । र, उनीसँग अझै दुई–तीन वर्ष समय छ,’ रिभाल्डोले भने, ‘उनी ३५ वर्षसम्म बार्सिलोनाबाट खेल्न सक्छन् । टिमले सघायो भने उनले कीर्तिमानी संख्यामा व्यक्तिगत ठूला अवार्ड जित्न सक्छन् ।’

रिभाल्डोले मेस्सीले यसपटक पनि बालोन डिओर जित्ने बताए । ‘यस वर्ष पनि उनले यो अवार्ड जित्नुपर्छ । उनले गत सिजन निकै राम्रो रह्यो । उनीजतिको योग्य कोही पनि छैन,’ रिभाल्डोले थपे ।

यस वर्ष बालोन डि‘ओरमा मेस्सीसँगै इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक प्रतिस्पर्धामा छन् । यसअघि मेस्सीले भान डाइकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् ।

प्रकाशित मिति १ कार्तिक २०७६, शुक्रबार ०४:३३
Loading...