दूध हालेको चिया पिउनेले एकपटक अवश्य पढौं

प्रायः मानिसको चिया पिउने अम्मल हुन्छ । धेरैजसोले त दिनमा थुप्रैपटक चिया पिउने गर्छन् । त्यसमा पनि दूध हालेकै चिया । कतिपय मानिसमा दिनमा दुईपटकसम्म मात्रै चिया पिउँछन् भने कतिपयले दिनमै १०–१२ कपसम्म चिया पिउने बानी हुन्छ ।

तर, चिया बढी पिउने त्यसमा पनि दूध हालेको चिया पिउँदा स्वास्थ्यमा गम्भीर समस्या पर्छ । यस्तो निचोड चिकित्सक तथा वैज्ञानिकहरूले अध्ययन अनुसन्धानबाट पत्ता लगाएका छन् ।

खाली पेटमा पिउने, धेरै पिउने र धेरै चिनी राखेर गुलियो बनाएर चिया पिउनाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुग्छ । चियामा चिनी र दूधको मिश्रण गर्नु गलत हो । चियामा धेरै मात्रामा कैफिन, फ्लेवनायड्स, टैनिन, फायटोकेमिकल्सहरू हुन्छन् । यी सबै तत्त्वले हाम्रो शरीरमा विषको जस्तो काम गरिरहेका हुन्छन् । शरीरमा रगतको कमी हुन गइ हामीलाई एनेमियासमेत हुनसक्छ ।

खाली पेटमा दूधको चिया पिउँदा थकान तथा एसिडिटी बढ्नुका साथै हामीलाई ग्यास्ट्रिक र कब्जियतसमेत हुने गर्छ । यसले पेटको अल्सर पनि निम्त्याउन सक्छ । दूधको चिया पिउँदा शरीरको तौल बढ्नुका साथै मोटोपनाको समस्या देखिन सक्छ । तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणा बढी हुने गर्छ । दिनमा ५ कपभन्दा बढी चिया पिउने मानिसको युरिन लेवल बढ्न गई मृगौलामा धेरै प्रेसर पर्छ ।

चियामा भएको ओक्सलेट्सले मृगौलामा पथरीका साथै प्रोस्टेट क्यान्सरसमेत हुनसक्ने एक अध्ययनले देखाएको छ । चियामा कोफिनको मात्रा धेरै हुने भएको कारणले मुटुको धड्कन बढ्ने, पसिना आउने, एङ्जाइटी र छटपटी हुनेजस्ता समस्या उत्पन्न हुन्छ । चिया धेरै पिउनाले निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन थाल्छ । यसले हाम्रो शरीरमा कोलेस्टेरोलको मात्रा बढाएर उक्त रक्तचापको समस्या बढाउने हुन्छ ।

चियामा भएको कोफिनले शरीरमा भएको पानीलाई धेरै मात्रामा बाहिर निस्कासन गर्छ । चियाको सेवनले शरीरमा पानीको मात्रा पर्याप्त हुन दिँदैन र हाम्रो शरीर सुख्खा भएर हामीलाई डिहाईड्रेशनसमेत हुन्छ । चियाको पातमा फ्लोराईडको मात्रा धेरै हुन्छ, जसकारण हड्डी कमजोर हुन गइ हाम्रो हात खुट्टा कटकट खाने र दुख्नेजस्ता समस्या देखा पर्न थाल्छ । चियाको धेरै सेवनले हाम्रो छालामा शरीर चिलाउने, छाला सुख्खा हुनेजस्ता समस्या पनि बढ्ने खतरा हुन्छ ।

प्रकाशित मिति १२ आश्विन २०७६, आईतवार १५:५०
Loading...