ब्राजिलको टोली घोषणा : को–को परे ?

एजेन्सी, असोज ३
आगामी महिना खेल्ने दुई अन्तर्राष्ट्रिय खेलका लागि ब्राजिलको टोली घोषणा भएको छ । प्रशिक्षक टिटेले आज २४ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा स्थायी कप्तान नेइमारसहित अधिकांश स्टार खेलाडी परेका छन् ।

यसपटक टोलीमा स्पेनिस रियल मड्रिडका युवा खेलाडी भिनिसियस जुनियर भने परेका छैनन् । त्यसैगरी, रियलकै लेफ्ट ब्याक मार्सेलो र लिभरपुलका पहिलो रोजाइका गोलकिपर एलिसन बेकर पनि टोलीमा छैनन् । ब्राजिलले अक्टोबर १० मा सेनेगल र अक्टोबर १३ मा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तो छ ब्राजिलको टोली–

गोलकिपर – इडर्सन, वेभर्टन सिल्भा, सान्तोष नेटो

डिफेन्डर – ड्यानी आल्भेस, ड्यानिलो, एलेक्स सान्ड्रो, लोडी, मार्किन्वीनेस, थियागो सिल्भा, मिलिटाओ, सियायो

मिडफिल्डर – कासेमिरो, अर्थुर, अलान, फाविन्हो, प्याक्वेटा, फिलिपे कोउटिन्हो, हेनरिक्वी

फरवार्ड – रोवर्ट फर्मिन्हो, रिचार्लिसन, नेइमार, ग्याब्रिएल जेसस, एभर्टन, ग्याब्रिएल बारबोसा

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार १५:४२
Loading...