अन्ततः मेस्सी च्याम्पियन्स लिगमा डर्टमुन्डविरुद्ध खेल्न तयार !

एजेन्सी, भदौ ३०
यो सिजन हालसम्म पनि खेल्न नपाएका स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले यो सिजनको पहिलो खेल खेल्ने सम्भावना बढेको छ । दुई दिनपछि युरोपियन च्याम्पियन्स लिगमा छनौट चरणको पहिलो खेलमा बोरुसिया डर्टमुन्डविरुद्ध हुने खेलमा मेस्सीले यो सिजनको पहिलो खेल खेल्ने सम्भावना बढेको हो ।

बार्सिलोनाले सोमबार अपराह्न जारी गरेको च्याम्पियन्स लिगको प्रारम्भिक टोलीमा मेस्सीलाई पनि समेटेको छ । जारी २२ सदस्य टोलीमा मेस्सीको पुनरागमन भएको हो । उनी टोलीमा परेसँगै डर्टमुन्डविरुद्ध खेल्न प्रबल सम्भावना बढेको हो ।

प्रि–सिजनको प्रशिक्षणक्रममा घाइते भएका मेस्सीले यसअघि ला लिगामा चार खेल गुमाइसकेका छन् । तर, उनी तीन दिनदेखि लगातार टिमसँगै प्रशिक्षणमा सामेल छन् । उनी आज पनि टोलीसँगै पूर्ण प्रशिक्षणमा सामेल भएर टोली परेपछि मेस्सीले डर्टमुन्डविरुद्ध खेल्ने सम्भवना बढेको हो ।

पाँच दिनअघि मात्रै मेस्सीलाई काल्फ इन्जुरी थपिएपछि उनले ला लिगामा भ्यालेन्सियाविरुद्धको खेल गुमाएका थिए । तर, च्याम्पियन्स लिगको खेलबाट उनले यो सिजन पहिलोपटक मैदान उत्रिने तयारी गरेका छन् ।

हालसम्म बार्सिलोनाका प्रशिक्षकले मेस्सीले सो खेल खेल्ने–नखेल्ने विषयमा पुष्टि गरिसकेका छैनन् । यसका लागि भोलि (मंगलबार) को प्रि–सिजन प्रेस कन्फेरेन्ससम्म पर्खिनुपर्ने हुन्छ । पत्रकार सम्मेलनमा प्रशिक्षक भाल्भर्डेले मेस्सीलाई टोलीमा मात्रै राखेका हुन् वा खेलाउने योजना छ भन्ने प्रष्ट पार्नेछन् ।

तर, मेस्सी भने मानसिक रूपमा डर्टमुन्डविरुद्ध खेल्न फिट देखिएका छन् । उनी ३ दिन लगातार प्रशिक्षणमा सामेल भएपछि उनले खेल्ने सम्भावना बढेको हो । स्पेनिस मिडियाका अनुसार मेस्सीले डर्टमुन्डविरुद्ध सुरुआती टिमबाट नखेले पनि बेन्चबाट खेल्ने सम्भावना प्रबल रहेको खबर छापेका छन् ।

यस्तो छ बार्सिलोनाको प्रारिम्भक टोली :

प्रकाशित मिति ३० भाद्र २०७६, सोमबार ११:४७
Loading...