बालोन डिओरको प्रमुख दाबेदारमा भान डाइक नै अगाडि

एजेन्सी, भदौ २७
वर्ष २०१९ को लागि विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डिओरका लागि यसपपटक इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइक र स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनी लिओनल मेस्सीलाई प्रमुख दाबेदार मानिएको छ । त्यसमा पनि युरोपियन च्याम्पियनस लिग विजेता भान डाइकलाई सबैभन्दा बलियो दाबेदार मानिएको छ ।

उनले यसअघि मेस्सीलाई पछि पार्दै युइएफए वर्ष खेलाडीको अवार्ड पनि जितिसकेका छन् । उनले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

बालोन डिओर घोषणा हुन करिब दुई महिना बाँकी छँदा हालै एक ताजा सर्वेक्षणले दाबेदारहरूको सूची सार्वजनिक गरेको छ । ‘स्काई बेट’ ले गरेको सो अनलाइन सर्वेक्षणले बालोन डि‘ओर दाबेदारहरूको पहिलो नम्बरमा भान डाइकलाई नै राखेको छ भने दोस्रो नम्बरमा मात्रै मेस्सी छन् ।

यस्तो छ सूची :

  • भर्जिल भान डाइक (लिभरपुल) – १/५
  • लिओनल मेस्सी (बार्सिलोना) – ३/१
  • एलिसन बेकर (लिभरपुल) – २०–१
  • क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – २०/१
  • मोहमद सालाह (लिभरपुल) – २०/१

प्रकाशित मिति २७ भाद्र २०७६, शुक्रबार १०:२७
Loading...