विश्वकप २०२२ छनौट : चाइनिज ताइपेईमाथि नेपालको शानदार जित, चम्किए अन्जान

काठमाडौं, भदौ २४
नेपालले विश्वकप २०२२ छनोटमा मंगलबार चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको छ । दुवै गोल अन्जन विष्टले गरे । ताइपेइ रंगशालामा भएको खेलको तेस्रो मिनेटमा गोल गर्दै अन्जनले तेस्रो मिनेटमै गोलको खाता खोलेका थिए । उनले ६३ औं मिनेटमा आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चत गरेका थिए ।

कुवेतविरुद्ध कुवेत सिटीमा ७–० ले लज्जास्पद रुपमा हारेको पाँच दिनभित्रै नेपालले ताइपेइलाई पराजित गरेको हो । विश्वकप छनोटमा नेपालको यो नै पहिलो ‘अवे’ जित हो । नेपालले अब १० अक्टोबरमा क्यानबेरामा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार १४:०५
Loading...