खेलाडीका लागि सर्वाधिक धेरै तलब खर्चिने क्लब बार्सिलोना : कसको खर्च कति ?

एजेन्सी, भदौ २४
एक तथ्यांकअनुसार स्पेनिस ला लिगाको साबिक च्याम्पियन टोली बार्सिलोना खेलाडीका लागि सर्वाधिक धेरै तलबमा रकम खर्चिन क्लब भएको छ । सिजन २०१९–२० का लागि उसले खेलाडीको सेवा–सुविधाका लागि खर्चिने रकम सर्वाधिक बढी हो । तथ्यांकअनुसार जारी सिजनका लागि बार्सिलोनाले आफ्ना खेलाडीलाई तलबका लागि मात्रै ६७१.४२ मिलियन युरो खर्च गर्नेछ । यो रियल मड्रिडको भन्दा ३० मिलियन बढी रकम हो ।

गत सिजन बार्सिलोनाले खेलाडीका लागि कूल ५३२.९७ मिलियन खर्चिएको थियो भने रियलले ५६६.५३ मिलियन खर्चिएको थियो । बार्सिलोनाको गत सिजनको भन्दा यो सिजनको तलब खर्च ३८.४५ मिलयन युरो बढी हो भने रियलको ७४.५२ मिलियन युरो बढी हो ।

ला लिगामा यो सिजन शीर्ष डिभिजनमा चढेको क्लब रियल मालोर्साले यो सिजन खेलाडीका लागि खर्चिने रकम सबैभन्दा कम २९.९७ मिलियन मात्रै छ, जुन बार्सिलोनाका कप्तान लिओनल मेस्सी एक्लैले एक वर्षमा लिने तलबभन्दा कमी हो ।

यस्तो छ सूची (रकम – मिलियन युरो)

  1. बार्सिलोना – ६७१.४२
  2. रियल मड्रिड – ६४१.०५
  3. एथ्लेटिको मड्रिड – ३४८.५
  4. सेभिल्ला – १८५.१६
  5. भ्यालेन्सिया – १७०.६७
  6. भिल्लारियल – १०८.५९
  7. एथ्लेटिक बिल्बाओ – १०३.३५
  8. रियल बेटिस – १००.३५
  9. रियल सोसिडाड – ८१.१४
  10. इस्पान्योल – ६८.७४
  11. सेल्टा भिगो – ६२.१२
  12. लेभान्टे – ५६.६०
  13. गेटाफे – ५६.२८४
  14. लेगानेस – ५२.०८
  15. अलाभेस – ४९.७७
  16. एइबार – ४७.१२
  17. ओसासुना – ३८.६९
  18. ग्रानाडा – ३५.४६
  19. रियल भाल्लाडोलिड – ३२.०३
  20. रियल मालोर्सा – २९.९७

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०४:१२
Loading...