चर्चित फिल्म ‘बुलबुल’ ले ओस्कार अवार्डका लागि छानियो

काठमाडौं, भदौ २२
ओस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व ‘बुलबुल’ फिल्मले गर्ने भएको छ । ओस्कार छनौट समितिले गत साथा विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई नेपालका तर्फबाट ओस्कारमा पठाउने निर्णय गरेको हो ।

समिति महासचिव चिरन्जीवि गुरागाइँका अनुसार ओस्कारका लागि आवेदन मागिएकोमा ‘बुलबुल’को मात्र आवेदन परेकाले सोही फिल्मलाई पठाइएको हो । स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको सो फिल्मले नेपालमा राम्रो प्रशंसा बटुलेको थियो ।

फिल्मले विदेशिएका पतिको पर्खाइ, नयाँ युवकसँग प्रेम र पक्षघात पीडित ससुराको स्याहार गर्ने एकल आमाको कथा समेटेको छ । यसै फिल्मबाट नायिका ड्काले राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म फेस्टिबलमा समेत अवार्ड जितेकी थिइन् ।

प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार १०:४९
Loading...