‘लालुमै लालुमै’ भन्दै प्रकाश र रियासाले यसरी गरे रोमान्स (भिडियो)

काठमाडौं, भदौ २२
नेपाल आइडल प्रतियोगिताबाट चिनिएका गायक सुरज थापाले आफ्नै शब्द तथा संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार उनले एक कार्यक्रम गरी तारा थापा र विवेक थापाको युगल स्वरमा नेपाली लोक शैलीको ‘लालुमै लुमै’ बोलको गीत सार्वजनिक गरे । सो गीतमा चर्चित लोक गायक प्रकास सपुत र रियासा दाहालले मोडलिङ गरेका छन् ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरज आफैंले निर्देशन गरेका हुन् । सो भिडियोलाई धेरैले रुचाउने अपेक्षा थापाले गरेका छन् । भिडियोमा कलाकारले निकै रमाइलो गरेका छन् ।

भिडियो हेरौं :

प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार १०:१०
Loading...