चिली र अर्जेन्टिना बराबरीमा रोकिए

काठमाडौं, भदौ २०
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया टिम चिली र अर्जेन्टिनाले बराबरी खेलेका छन् । आज बहान भएको खेलमा चिली र अर्जेन्टिनाले गोलरहित बराबरी खेलेका हुन् । क्यालिफोर्नियामा भएको खेलमा निर्धारित समयमा दुवै पक्षबाट गोल भएन । आफ्ना स्टार खेलाडीहरू लिओनल मेस्सी, सर्जियो अगुएरो, एन्जल डि मारियाबिनै खेलेको अर्नेन्टिनाले चिलीमाथि चर्को दबाब बनाए पनि गोल गर्न सकेन ।

खेलभरि अर्जेन्टिनाले दर्जभन्दा बढी पटक आक्रमण गरे पनि उसले गोललाई जाली चुमाउन सकेन । चिलीले उत्कृष्ट रक्षात्मक खेल खेल्दा अर्जेन्टिनाको युवा खेलाडीको आक्रमण लाइनको केही सीप चलेन । दुई महिनाअघि ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लाग भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराएको थियो । तर, त्यसपछिको खेलमा भने दुवै टोलीले गोलरहित बराबरीमा चित्त बुझाए ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०४:३३
Loading...