यस्तो छ चिलीविरुद्ध उत्रिने अर्जेन्टिनाको प्लेइङ–११

एजेन्सी, भदौ १९
अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले चिलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि सुरुआती टोली घोषणा गरेका छन् । शुक्रबार बिहान ७ः४५ बजेबाट हुने खेलका लागि स्कोलनीले सुरुआती टोली घोषणा गरेका हुन् ।

कप्तान लिओनल मेस्सी चोटका कारण टोलीबाहिर रहेका बेला स्कालोनीले टोलीमा पाउलो डिबाला, लौटारो मार्टिन्जसहितका स्टार खेलाडीलाई समेटेका छन् । टोलीमा माउरो इकार्डी, एन्जल डि मारिया, सर्जियो अगुएरोजस्ता स्टार खेलाडी भने छैनन् । यस्तो छ अर्जेन्टिनी टोली :

गोलकिपर – मार्चेसिन
डिफेन्डर – गोन्जालो मोन्टाएल, निकोलास ओटामेन्डी, लुकास क्वार्टा, निकोलास ट्याग्लिफिको

मिडफिल्डर – डे पाउल, लियान्द्रो पारेडास, जिओभानी लो सेल्सो

फरवार्ड – पाउलो डिबाला, लौटारो मार्टिन्ज, एन्जल कोरेरा

प्रकाशित मिति १९ भाद्र २०७६, बिहीबार ०७:३२
Loading...