बुन्डेसलिगा : लेइपजिग र डर्टमुन्डको जित

काठमाडौं, कात्तिक १
जर्मन लिग बुन्डेसलिगा फुटबलमा बोरुयिा डर्टमुन्डले संघर्षपूर्ण जित निकालेको छ । आज भएको लिगको चौथो खेलमा डर्टमुन्डले अवे मैदानमा होफेनहेइमलाई ०–१ ले उसकै घरमा हरायो । होफेनहेइम त्यही टिम हो, जसले लिगको दोस्रो खेलमा बार्यन म्युनिखलाई ४–१ को लज्जास्पद हारको सिकार बनाएको थियो ।

होफेनहेइमको घरमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पाहुना टोली डर्टमुन्डका लागि कप्तान मार्को रेउसले गोल गरे । अर्लिङ हल्यान्डको पासमा उनले गरेको त्यही गोल नै अन्ततः डर्टमुन्डलाई जिताउन पर्याप्त बन्यो ।

अब यो जितपछि डर्टमुन्डले ४ खेलबाट ९ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । होफेनहेइम समान खेलबाट ६ अंकसहित आठौं स्थानमा छ । यता, आजै भएका अन्य खेलमा आरबी लेइपजिगले अग्सवर्गलाई उसकै घरमा ०–२ ले हरायो भने बायर लेभरकुसेनले मेन्जलाई उसको घरमा ०–१ ले हरायो ।

४ खेल सकिँदासम्म अपराजित रहेको लेइपजिग अंक तालिकाको शीर्ष स्थानमा छ । उससले १० अंक जोडेको छ ।

प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १५:२९
Loading...