रियल बेटिसविरुद्ध बार्सिलोनाको सम्भावित प्लेइङ–११

एजेन्सी, असार ८
स्पेनिस बार्सिलोना आज ला लिगामा सिजनको दोस्रो खेल खेल्दैछ । उसले यो खेलका लागि रियल बेटिसलाई आफ्नो घर क्याम्प नोउमा स्वागत गर्नेछ ।

यसअघि सिजनको पहिलो खेल एथ्लेटिक बिल्बाओसँग अवे मैदानमा १–० ले हारिसकेको बार्सिलोना आज जित्नैपर्ने दबाबमा हुनेछ । तर, आज उसलाई खेलाडीको चोट प्रमुख समस्या छ ।

आज आफ्नो घरमा उत्रिँदा बार्सिलोनाको टोलीमा कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सी, फरवार्ड लुइस स्वारेज र विंगर उसामन डेम्बेले हुनेछैनन् । ३ जनै खेलाडी चोटका कारण टोलीमा छैनन् ।

आक्रमण लाइनका प्रमुख ३ जना खेलाडीबिनै बलियो बेटिसविरुद्ध खेल्दै गर्दा बार्सिलोना चर्को दबाबमा हुनेछ । बेटिसले अक्सर लिगमा ठूला टिमलाई अप्ठेरोमा पार्देै आएको छ । आज ऊ स्टार खेलाडीबिनाको बार्सिलोनालाई उसकै घरमा हराएर ३ अंक जोड्ने दाउमा हुनेछ ।

सिजनको पहिलो होम म्याच, त्यसमा पनि प्रमुख खेलाडीबिना । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई आज खेल जित्ने गरी टोली बनाउन सजिलो छैन । उनले आज उपलब्ध सबै विकल्प प्रयोग गर्नेछन् ।

आज उनले गोल पोस्टमा पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे स्टेर स्टेगेनलाई राख्नेछन् । आज आक्रमण लाइनमा नयाँ फरवार्ड एन्टोनी ग्रीजम्यानमाथि ठूलो जिम्मेवारी हुनेछ । टोलीका अन्य प्रमुख फरवार्ड नरहेका बेला ग्रीजम्यानमाथि स्वभावैले बढी दबाब हुनेछ ।

एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएयता उनले आफ्नो लय समात्न सकेका छैनन् । उनले कूल ६ खेलबाट १ गोल मात्रै गरेका छन् । आज रातिको खेल उनका लागि आफूलाई प्रमाणित गर्ने एक राम्रो अवसर हुनेछ ।

बार्सिलोनाको सम्भावित प्लेइङ–११ :

गोलरक्षक – टर स्टेगेन

डिफेन्डर – नेल्सन सेमेडो, जेरार्ड पिके, क्लेमेट लेङलेट, जोर्डी अल्बा

मिडफिल्डर – इभान राकिटिक, सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङ

आक्रमण पंक्ति – एन्टोनी ग्रीजम्यान, राफिन्हा, कार्लेस पेरेज

प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १२:५५
Loading...